उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै

फाइल तस्बिर

काठमाडौं असार ३१ । काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । स्रोतका अनुसार बिहीबार दिउसो ४ बजे बैठक बस्ने भएको हो ।

काठमाडौं उपत्यकामा पूर्ण रुपमा निषेधाज्ञा खुला गरिएको छैन । उपत्यका भित्र सवारीहरु संचालन भएपनि काठमाडौं बाहिर जाने तथा आउने लामा दुरीका सवारी विनपास संचालन भइरहेका छैनन् । आजको बैठकले लामो दुरीका सवारी संचाल गर्ने नगर्ने वा स्वास्स्थ्य सचेतता अपनाएर संचालन गर्ने भन्नेबार निर्णय हुन भएको छ ।

आजको बैठकले लामो दुरीका सवारीहरु जोरबिजोर प्रणाली मार्फत संचालन अनुमती दिनसक्नेगरी निर्णय गर्न सक्ने कतिपयको अनुमान रहेको छ । यद्यपी प्रमुख जिल्ला अधिकारीहरु पनि के गर्ने भन्नेबार अन्योलमै रहेको बताइएको छ ।

दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना महामारीको जोखिम केही कम भएसँगै निषेधाज्ञा पनि खुकुलो बनाइदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *