एक हजार लगानीबाट अर्वपति हुने मौका : १५ कम्पनीका ५.५५ अर्ब बढीको आईपीओ निष्कासन हुँदै !

चैत्र २२, काठमाण्डौ । बजार ११ वटा जलविद्युतसहित थप १५ कम्पनीले आईपीओ निष्कासनको तयारी गरिरहेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा ११ वटा जलविद्युत, २ लघुवित्त र २ अन्य समूहका कम्पनीको आईपीओ पाइपलाइनमा रहेको हो। यी कम्पनीका आईपीओबाट कुल ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० रुपैयाँ जुट्नेछ ।

जलविद्युत समूहका सहास ऊर्जा, सामलिंग पवार, बूद्धभूमि नेपाल हाइड्रो, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, हिमालयन हाइड्रोपावर, माइलुङ खोला जलविद्युत, मध्यभोटेकोसी जलविद्युत, ङादी हाइड्रोपावर र विन्ध्यावासी हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्। यीमध्ये सहाय ऊर्जाले १ अर्ब ५ करोड रुपैयाँ, सामलिंगले १२ करोड ३० लाख रुपैयाँ, बुद्धभूमि नेपालले १२ करोड रुपैयाँ, सयपत्रीले ९ करोड रुपैयाँ, बलेफीले ३६ करोड ५५ लाख रुपैयाँ र ग्रीन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन्।

त्यस्तै हिमालयनले २२ करोड ५० लाख रुपैयाँ, माइलुङ खोलाले ७ करोड ३६ लाख रुपैयाँ, मध्यभोटेकोशीले १ अर्ब ५० करोड रुपैयाँ, ङादीले ४० करोड ५० लाख रुपैयाँ र विन्ध्यावासिनीले २५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएका छन्। यसैगरी मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन्। मनकामना स्मार्टले ३८ करोड ९० लाख रुपैयाँ र जीवन विकासले १९ करोड ७७ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेका छन्।

अन्य समूहका डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावर डेभलपरले २५ करोड १८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको अनुमति मागेका छन्। अनुमति मागेका यी सबै कम्पनीको आवश्यक कागजपत्र अध्ययन गर्ने काम भइरहेको धितोपत्र बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *