एनआरएनए एनसीसी अमेरिकाको साधारण सभाबाट विधान संशोधन, अबदेखि डेविट वा क्रेडिट कार्डबाट मात्र सदस्यता बन्न पाइने

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा अब गिफ्टकार्डबाट सदस्यता बन्न नपाइने भएको छ । नर्थ क्यारोलिनाको राले स्थित मेरियट सिटी सेन्टरमा सम्पन्न साधारण सभाले विधान संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संसोधित विधानमा अबदेखि डेविट वा क्रेडिट कार्डबाट मात्र सदस्यता बन्न पाइने छ । एनआरएनए अमेरिकामा यस अगाडि गिफ्टकार्डबाट सदस्यता बनाएर भोट खरिद विक्रि गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले सदस्यता सम्वन्धी विवाद अन्तका लागि यो नै उत्तम विकल्प भएको बताए । उनले यो संसोधनले आफ्नो सदस्य आफै बनौ र आफ्नो भोट आफै हालौ भन्ने अभियानलाई सहयोग हुने दाबी गरे । ‘नक्कली सदस्यता’ बनाएको भन्दै यस अगाडि धेरै विवाद आएकाले हामीले त्यसलाई सम्वोधन गरेका हौ ।’ सुवेदीले भने । संसोधित विधानअनुसार अब एउटा कार्डबाट बढीमा चार जना मात्र सदस्य बन्न पाउने छन । त्यसमा पनि सदस्य बन्ने व्यक्तिको ठेगाना एकै हुनु पर्नेछ । यस्तै एनआरएनए अमेरिकाको सदस्यता वितरण पनि अब अन्तर्राष्ट्रिय समन्वय समितिको प्रणालीबाट (आइएमएस सिस्टम) बाट हुने गरि विधानमा संसोधन गरिएको छ । यो विषयमा एनसीसी र आइसीसी बीचमा लामो समय देखि विवाद हुँदै आएको थियो । मुख्यत सदस्यको व्यक्तिगत गोपनियताको सुरक्षाको बारेमा एनसीसी अमेरिकाले प्रश्न उठाउदै आएको थियो ।

त्यसमा आइसीसीले सुरक्षाको ग्यारेण्टी गरे पछि आइतवार दिउसो मात्र एनसीसी र आइसीसी बीचमा दुई संस्थाको सम्वन्धनका बीचमा २४ बुँदे लिखित सम्झौता भएको थियो । आइसीसीका अध्यक्षद्वय कुल आचार्य र रविना थापाको उपस्थितिमा भएको सम्झौता पत्रमा आइसीसी महासचिव डाक्टर केशव पौडेल र एनसीसी अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले हस्ताक्षर गरेका थिए । सोही सम्झौतालाई कार्यन्वयनमा लैजान विधान संसोधन गरिएको हो ।
यस्तै विधानमा निवर्तवान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हाटाएर पूर्वअध्यक्ष मध्येबाट भन्ने व्यवस्था गरिएको छ ।

यस्तै कार्यसमितिमा महिलाहरुको ३३ प्रतिशत सहभागिताको ग्यारेण्टी र च्याप्टर सभापतिहरुलाई एनसीसी अमेरिकाको स्वतः वोर्डअफ डाइरेक्टर हुन पाउने व्यवस्था गरिएको छ । यो संसोधन पछि अब एक कार्यकाल पुरा गरेको च्याप्टर सभापति पनि एकै पटक एनसीसी अमेरिकाको अध्यक्षको उमेदवार हुन योग्य हुने छ । साधारण सभाको बन्द सत्रले प्रमुख निर्वाचन आयुक्त परिवर्तन गरेको छ । बन्द सत्रले कानुन व्यवसायी बासु फुलारालाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेको छ । यस अगाडि विश्व बराल यो पदमा रहदै आएका थिए । बरालको कार्यकाल सकिएपछि रिटायर्ड भएपछि फुलारा प्रमुख निर्वाचन आयुक्त भएका हुन ।

हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : शर्मा

नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनुपर्छ भन्ने कुरामा जोड दिए । उनले अमेरिकाको नर्थ क्यारोलाइनामा आयोजित एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उदघाटन कार्यक्रम मन्तव्य राख्दै शुभकामनासहित उक्त भनाई राखेका हुन् । उनले मन्तब्यकै क्रममा नेपाल बाहिर र गैरआवासीय नेपालीहरुले चाहना गरेको गैरआवासीय नेपाली नागरिकता तथा मताधिकारको बारेमा चर्चा गरे । नेपाली कांग्रेसले यस बिषयमा आफ्ना धारणा पटक पटक दिएको र वक्ताहरुले यस बिषयमा भएका पछिल्ला गतिबिधिहरुको बारेमा बताइसकेको उनले बताए । नेपाली कांग्रेसले यस बिषयमा स्पष्ट धारणा रहेको र हामीले गैर आवासीय नेपाली नागरिकता हामी दलले दिने र नदिने भन्दा पनि नेपालको संबिधानले दिईसकेको बताए ।

मन्तब्यकै क्रममा उनले आफु स्वयम र गगन थापाले प्रधानमन्त्रीलाई केही समय अगाडि नागरिकता र मताधिकारसम्बन्धी स्पष्ट कुरा राखिसकेको बताए । यसलाई सम्बोधन गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई अवगत गराएको बताए । उनले नेपालको समग्र समुन्नतिको लागि नेपाललाई गाँसेर कसरी जाने भन्ने बिषयमा हामीले बोली सकेका र नेपाल बाहिर रहेको नेपाली समुदायलाई जोड्नुपर्ने बताए । उनले थुप्रै बिषयमा आफ्ना कुराहरु राखेका थिए ।
नेपाल बाहिर रहेको भावनाको नेपाललाई कसरी नेपालसंग जोड्ने बिषयमा साझा राष्ट्रिय बिषय बन्नुपर्ने उनले बताए । उनले पछिल्ला दुई अगाडि देश द्वन्दमा फसेको र त्यसले आर्थिक उन्नतिमा असर पारेको र नेपालको ब्यापार घाटा साथै बिद्युत बेचेर नेपालले केही आर्थिक लाभ समेत गरेको बारेमा चर्चा गरे ।

उनले विदेशमा बसोबास गर्ने नेपालीहरुले जलबिधुत, अस्पताललगायतमा लगानी गरेको भन्दै प्रशंसा गरे । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहको बिषयमा पनि प्रवेश गर्दै राजनैतिक दलहरुले रहेका भोट बैंकसम्बन्धी अवधारणाबाट दलले सोच्नुपर्ने बताए । शर्माले हाम्रो यो गाउँमा र यो क्षेत्रमा हामीसंग यति मत छन् भनेर गणना गर्नुभन्दा अब यस बिषयमा धारणा परिवर्तन जरुरी भएको बताए । अमेरिकाको ¥याले शहर स्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ का दिन हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गरेको ११औँ वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेनको लागि महामन्त्री शर्मा नेपालबाट आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *